STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विप्लव समूहसँग छिट्टै सहमति हुने प्रधानमन्त्रीको दाबी

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण १६, आइतबार

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै सहमति हुने दाबी गरेका छन् ।

आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै ओलीले भने, ‘शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको विप्लव समूहको समस्याको छिट्टै वार्ताद्वारा समधान गर्नेछौं ।’

उनले समाधानको कार्यक्रम सम्भावतः छिट्टै हुने समेत दाबी गरेका छन् ।

विध्वंसात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले २८ फागुन २०७५ देखि समूहमाथि प्रतिबन्ध लगाएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विभाजन आएसँगै ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवसँग संवादलाई अघि बढाएका छन् । प्रतिबन्धित पार्टीका महासचिव विप्लवले पनि आफूहरु वार्ता गर्न तयार रहेको बताएका छन् ।

तर, अदालतले संसद पुनर्स्थापना गर्ने आदेश दिएसँगै समूहसँगको संवादको प्रयास रोकिएको थियो ।

Categorized in राजनीति