STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विभाजनकाे संघारमा नेकपा : दुवै पक्षकाे बेग्लाबेग्लै केन्द्रीय कमिटी बैठक आह्वान

Janjati Khabar – Janjati Khabar | २०७७ पौष ६, सोमबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विभाजनको संघारमा पुगेकाे देखिन्छ ।

भोलि मंगलबार ओली र प्रचण्ड दुवै पक्षले बेग्लाबेग्ली समयमा केन्द्रीय कमिटी वैठक बोलाएको छ ।

यसअघि नेकपाको आइतबार बसेको स्थायी कमिटीको बैठकले मंगलबार दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरेको थियो ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मंगलबार नै तर फरक समयमा केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीले मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।

स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो । तर उक्त बैठक बस्नुअघि नै ओलीले पनि केन्द्रीय कमिटीको बैठक बोलाएका हुन् ।

Categorized in राजनीति