विमल पौडेलकाे टेलि सिरियल ‘अभाव’ को टिजर सार्वजनिक
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ फाल्गुण १४, बिहिबार
चलचित्र निर्देशक विमल पौडेल निर्देशित समसामयिक बिषयबस्तुमा आधारित टेलि सिरियल ‘अभाव’को टिजर राजधानीमा आयोजित एक कार्यक्रम बीच सार्वजनिक भएकोछ ।
सामाजिक र राजनीतिकका कारण जन्मेका ससाना अभावहरु, देशलाई राम्रो नेताको अभाव, आमालाई राम्रा सन्तानको अभाव, प्रेमिलाई प्रेमिका र प्रेमिकालाई प्रेमको अभाव अनि जेन्जी आन्दोलन पछि जन्मेको कथा र व्यथाहरु, शहिदको सपना पुरा गर्न एक लिडरको अभावलाई केन्द्रमा राखेर निर्मित टेलि सिरियल ‘अभाव’ मा श्याम राई, सुशिल पोखरेल, रमेश देवकोटा, दिनेश न्यौपाने, निशु सिर्पाली, सुलक्षण पोखरेल, रेखा दाहाल, साजन कार्की, रामहरी खड्का, आशिष जिसि, मन्दिप ढुंगाना, विमल पौडेल आदिको अभिनय रहने छ ।
यसमा गीत गम बा. न्यापाने, संगीत कृष्ण लामिछाने, व्दन्द राशन श्रेष्ठ, सम्पादन गौतम खड्काको रहने छ भने डिबि थापा, नविन प्रधान र राम प्र. सापकोटा निर्माता रहेका छन् ।
Categorized in साहित्य-कला

