STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विमानस्थलमा बम 'हल्ला' मात्र

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख २१, बुधबार

काठमाडौं - बुधबार बिहान करिब १० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अधिकारीलाई अज्ञात नम्बरबाट फोन आयो । फोनामा भनियो – ‘विमानस्थल कार्यालयमा ८ वटा बम राखिएको छ।’ जुन बम आन्तरिक विमानस्थल कार्यलयमा छ भनिएको थियो ।

उक्त फोनपछि अधिकारीहरु आत्तिए । त्यसपछि आन्तरिक विमानस्थलको सबै उडान रोकियो । त्यसका लागि थप सुरक्षाकर्मीका साथ नेपाली सेनाको टोली विमानस्थल परिसमा पुगे ।

सुरक्षा थ्रेट भए वा त्यसप्रकारको सुचना आए विमानस्थलमा पूरै सर्च गर्नुपर्ने सिष्टम नै रहेको एक अधिकारीले बताए ।

त्यसपछि नेपाली सेनाले सबै स्थानमा जाँच गरिसकेको गर्यो तर केही फेला परेन । कुनै  श‌ंकास्पद वस्तु फेला नपरेपछि अब आन्तरिक उडान सुरु गर्ने तयारी भइरहेको विमानस्थल स्रोतले जनाएको छ ।

विमानस्थलको सबै उडान रोकेर उड्न लागेका यात्रुहरुसमेत निकालिएकाले धेरै यात्रुहरु प्रभावित भएका छन् ।

Categorized in राष्ट्रिय