STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विराटनगर अस्पतालकाे दास्रो तल्लाबाट हामफालेर मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन १९, सोमबार

विराटनगरको विराट नर्सिङ होम (विराटनगर अस्पताल)काे दोस्राे तल्लाबाट हामफालेर एकजनाको मृत्यु भएकाे छ ।

अस्पतालको दुई तलामाथिबाट हामफालेका मोरङको मिक्लाजुङ गाउँपालिका-३ का ५३ वर्षीय अमृत गजमेरको मृत्यु भएको हो ।

आज सोमबार बिहान ५ः३० बजेतिर दुई तलामाथिबाट हामफालेको थियाे भने उनको उपचारका क्रममा बिहान ९ बजेतिर मृत्यु भएको हो । मृत्यु अस्वभाविक देखिएका कारण घटनाको अनुसन्धान थालिएको उनले बताए ।

गजमेर १७ असोजमा अस्पताल भर्ना भएका थिए भने उनी आईसीयूमा उपचाररत थिए ।

Categorized in अपराध-दुर्घटना