STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विराटनगर र पाटन अस्पतालमा कोराेना संक्रमितकाे मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २३, शुक्रबार

काठमाडाैं – विराटनगरमा एकजना र पाटन अस्पताल ललितपुरमा दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगर महानगरपालिका ९ गुद्रीका ५८ वर्षीय पुरुषको शुक्रबार विहान कोसी अस्पतालमा मृत्यु भएको हो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि विहान ९ः४० बजे अस्पताल लगिएका उनको अस्पताल पुग्नसाथ मृत्यु भएको थियो । चिकित्सकले मृत घोषणा गरेका पुरुषमा कोरोनासँग मिल्ने लक्षण रहेकोले स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला ल्याब पठाईएकोमा दिँउसो तीन बजे कोरोना रिपोर्ट पोजेटिभ आएको कोशी अस्पतलाका आइसोलेशन इन्चार्ज डा. लक्ष्मीनारायण यादवले बताए । यसैगरी, ललितपुरस्थित पाटन अस्पतालमा दुई जना कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित को मृत्यु भएको छ । पाटन अस्पतालको आईसीयूमा उपचाररत सप्तरी कुनौलीका ४५ वर्षीय पुरुष र सर्लाहीकी ४१ वर्षीय महिलाको मृत्यु भएको हो । अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले साउन १९ गते भर्ना भएका दुबैजनामा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको जानकारी दिए । ४५ वर्षीय पुरुष कुकुरले टोकेर अस्पताल भर्ना भएकोमा साउन २२ गते राति निधन भएको उनले बताए । त्यस्तै मधुमेह र क्यान्सरबाट पीडित सर्लाहीकी ४१ वर्षीय महिलाको आज बिहान निधन भएको हो । उनलाई साउन १९ गते पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । निर्देशक डा. शर्माले कोरोना सङ्क्रमणको पुष्टि भएकोमा उनको आज बिहान उपचारकै क्रममा निधन भएको बताए ।
Categorized in राष्ट्रिय