STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विराट फिल्म एण्ड म्युजिक अवार्डमा वरिष्ठ चलचित्रकर्मि गजुरेल सम्मानित

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ फाल्गुण १४, बिहिबार

सेलिब्रेटी नेपाल प्रतिष्ठानव्दारा  काठमाडौंमा आयोजित चौथो संस्करणको ‘विराट फिल्म एण्ड म्युजिक अवार्ड–२०८२’ मा बिभिन्न बिधामा अवार्ड तथा सम्मान प्रदान गरेको छ । चलचित्र विकास बोर्डको प्रेक्षालयमा आयोजित कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा विगत चार दशकदेखि सक्रिय बरिष्ठ कलाकार तथा निर्देशक सुभाष गजुरेललाई नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो भने तीन दशक भन्दा लामो समयदेखि चलचित्र पत्रकारितामा सक्रिय कृष्ण भट्टराईलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल सिन्हाको प्रमुख आतिथ्यता तथा चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसि लगायत बिशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा मोफसलमा रहेर कलाकारितामा सक्रिय चर्चित अभिनेता तथा मोडल माधव केसीले डा। अनिष श्रेष्ठको शब्द, शीव परियारको स्वर रहेको गीत ‘अजम्बरी मायाँ’को भिडियो मार्फत उत्कृष्ट मोडलको अवार्ड जित्नु  भएको छ । 

कार्यक्रम संयोजक सुरज पौडेलका अनुसार यसवर्ष संगीततर्फ १५ विधा र चलचित्रतर्फ ११ विधा गरी कुल २६ विधामा अवार्ड तथा सम्मान प्रदान गरिएको छ । 

Categorized in राष्ट्रिय