विवादास्पद दुई अध्यादेश राष्ट्रपतिबाट खारेज
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १२, शुक्रबार
काठमाडौं – सरकारले ल्याएका विवादास्पद दुई अध्यादेश मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या भण्डारीबाट खारेज भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा जारी भएका दुई निर्णयको पार्टी भित्र र बाहिर तीब्र विरोध भएको थियो । सरकारले गत सोमबार राजनीतिक दल फुटाउन सहज बनाउने गरी अध्यादेश ल्याएको थियो । तर, त्यसको नेकपापभित्र र बाहिर चौतर्फी आलोचना भएपछि ओलीले बिहीबार पार्टी नेताहरुसँग फिर्ता लिन तयार रहेको बताएका थिए ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी दुबै अध्यादेश फिर्ता लिने प्रस्ताव राखेका थिए । त्यसअनुसार शुक्रबारको मन्त्रिपरिषद बैठकले अध्यादेश खारेज गर्ने प्रस्ताव पास गरेको छ । लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि दुबै अध्यादेश खारेज गरेकी छन् ।
Categorized in राजनीति