STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विवेकशील साझाकाे अध्यक्षमा समीक्षा र महासचिवमा रञ्जु दर्शाना चयन

Janjati Khabar – Janjati Khabar | २०७९ माघ २९, आइतबार

काठमाडौं - विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् । उपाध्यक्षमा मिलन पाण्डे, प्रकाशचन्द्र परियार र विमला अधिकारी सर्वसम्मत चयन भएकी हुन् ।

सो पार्टीको दुई दिनसम्म काठमाडौँमा चलेको महाधिवेशनले महासचिवमा रञ्जु दर्शनालाई चयन गरेको छ ।

सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी र कोषाध्यक्षमा दामोदर नेपाल चयन हुनुभएको छ ।

विवेकशील साझा पार्टीमा ५१ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था छ । सात प्रदेशबाट समावेशी सिद्धान्तका आधारमा चयन हुने दुईरदुई जना, पाँच जना महिला र जनसङ्गठनबाट चयन हुने दुई जना गरी २१ जना चयन गरिनेछ ।

बाँकी २१ जनामध्ये आठ जना तत्कालका लागि खाली रहने छ । केन्द्रीय सदस्यमा आकांक्षी धेरै भएपछि निर्वाचनबाट चयन गरिने भएको छ ।

त्यसका लागि आजै निर्वाचन प्रक्रिया सुरु हुने निर्वाचन समिति संयोजक केशव दाहालले जानकारी दिए ।

Categorized in राजनीति