STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विशिष्ट व्यक्तिको हेलिकोप्टर उडानमा अब दुई पाइलट अनिवार्य

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ ६, सोमबार

काठमाडौं - सरकारले तोकेका विशिष्ट व्यक्तिको हेलिकोप्टर उडानमा अबदेखि अनिवार्य रूपमा दुई जना पाइलट राख्नुपर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार साँझ बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको बैठकले विशिष्ट व्यक्तिको हेलिकोप्टर उडानमा अबदेखि अनिवार्य रूमा दुई जना पाइलट राख्ने निर्णय गरेको हो ।

प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै नेपालको आन्तरिक उडानमा रहेका हेलिकोप्टरलाई अबका दिन विशिष्ट व्यक्तिको उडानमा अनिवार्य दुईजना पाइलट राख्नुपर्ने निर्णय गरिएको जनाएको छ । यसैगरी प्राधिकरणले स्वचालित प्रणालीले तोके बमोजिम दुई जना पाइलट राख्नुपर्ने अनिवार्य व्यवस्था समेत गरेको छ । हाल नेपालमा १० वटा निजी र नेपाल सरकारको एक गरी ११ वटा हेलिकोप्टर कम्पनी छन् ।

प्राधिकरणले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको पार्किङ क्षमता भरिएकाले काठमाडौं बाहिर हेलिकोप्टर र जहाजलाई सार्ने निर्णय समेत गरेको छ ।  हवाई जहाज सञ्चालक कम्पनीले यही असार १३ देखि तोकिएका आधार विमानस्थलमा जहाज पार्किङ गर्नुपर्ने जनाएको छ ।

यसैगरी हेलिकोप्टरले पनि असार ७ गतेदेखि तोकिएका काठमाडौं बाहिरका विमानस्थलमा आफ्नो रात्रि बिसान गरी पहिलो उडान ती विमानस्थलबाटै अनिवार्य गर्नुपर्ने निर्णयसमेत गरेको छ । रासस

Categorized in राष्ट्रिय