relans
ni new 83
nib 2082 5

विश्व आदिवासी दिवस सडक आन्दोलन संघर्षको रुपमा गरिने

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २३, बिहिबार

२५ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस अगस्ट ९ तारिखका दिन शुक्रबार नेपालमा पनि भव्यताका साथ मनाउने तयारी गरेको छ । उक्त दिवसलाई नेपालमा सडक आन्दोलन संघर्ष कार्यक्रम अनुसार भव्यताकासाथ मनाउने तयारी भइरहेको जानकारी आयोजकले दिएको छ । नेपाल आदिवासी जनजाति महासंघले गरेको एक कार्यक्रममा २५ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस नेपालमा सडक आन्दोलन संघर्षको रुपमा देशभरी सांस्कृतिक झाँकी तथा आदिवासीहरुको परम्परागत हातहतियार सांकेतिक रुपमा प्रदर्शन गरी मनाउने निर्णय गरेको छ । काठमाडौंमा शुक्रबार बिहान १०ः३० बजे भेला हुन सम्पूर्ण आदिवासी जनजातिहरुलाई आह्वान गरेको छ ।
Categorized in राष्ट्रिय
ppp 2