relans
ni new 83
nib 2082 5

विश्व रेकर्ड राख्ने प्रयास स्वरुप स्टार नेशनल म्युजिक भिडियो अवार्ड सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ जेठ ४, आइतबार

संसारकै सबैभन्दा लामो र सबैभन्दा ठूलो दावी गरिएको सांगितिक अवार्ड कार्यक्मको तेश्रो संस्करणको संसार नेशनल स्टार म्युजिक भिडियो अवार्ड भव्य तथा सभ्य रुपमा शनिवार संपन्न भएको छ। बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जन अध्यक्ष तथा महाप्रवन्धक रहेको संसार क्रियशन्स नेपालको आयोजनामा काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञाप्रतिष्ठानको प्रेक्षालयमा तेश्रो संसार नेशनल स्टार म्युजिक भिडियो अवार्ड बृहत रुपमा सम्पन भएको हो।

बागमती प्रदेशया श्रम ,यातायात तथा रोजगार मन्त्री प्रेमभक्त महर्जन प्रमुख अतिथि रहेको सो समारोह मा लेखक , निर्देशक तथा साहित्य अन्वेषक प्रकाश सायमी , नेपालका अग्रज अभिनेता हरु रबिन्द्र खड्का,धिरेन शाक्य र सिमान्त उदास , गायिका देबिका बन्दना, गीतकारहरु भुषण खरेल, बुद्ध बीर लामा , साहित्यकार बिक्रम भक्त जोशी, नृत्य निर्देशक भुवनदास श्रेष्ठ लगायत  विशेष अतिथि रहेका थिए । उक्त नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डमा ३१ विधा अन्तर्गत १७२ वडा प्रदान गरिएको थियो  । 

 त्यस्तै, नेपाली तथा नेपालभाषाका गीत–संगीतको क्षेत्र पचासौं बर्षदेखि अनवरत् क्रियाशील गायक तथा संगीतकार रत्न बेहासीलाई नगद २५ हजार राशी सहित लाइफटाइम अचिभमेन्ट अवार्ड दिइएको सो समारोहमा अग्रज स्रस्टा पवन जोशीलाई नगद १५ हजार सहित मल्टि मिडिया स्टार प्रदान गरिएको थियो। अवार्ड कार्यक्रममा नेपालभाषा म्युजिक भिडियोका प्रथम निर्देशक विजयरत्न तुलाधरलाई आधिकारिक सम्मान सहितको अवार्ड प्रदान गरिएको थियो। ललितपुर महानगरपालिका वडा नंबर १६ का वडा सरकार प्रमुख निर्मल रत्न शाक्यले सर्वोत्कृष्ट गीतकार अवार्ड पाउंदा काठमाडौं महानगरपालिका वडा नंबर १८ का वडा सरकार प्रमुख न्हुछेकाजी महर्जनले गीतकार विधामा नै जुरी अवार्ड पाएका थिए। बागमती सफाई अभियानका अभियन्ता गीतकार बागमती भाइ सुन्दरमान श्रेष्ठले गीतकार विधामा नै पिपल्स च्वाइस अवार्ड जितेका थिए।

थीथी ३१ बिधामा प्रतिस्पर्धात्मक अवार्ड प्रदान गरिएको सो समारोह मा अग्रज कलाकर्मिहरु अाशाकाजी थकू,कृष्णभक्त महर्जन,संगीता शाक्य,जुगल डंगोल,रामकृष्ण खडगीलाई संसार तेज बहादुर स्मृति अवार्ड प्रदान गरिएको थियो भने  सरस्वती मानन्धर,बुद्ध सायमि,रबि सायमि, अनिल तुलाधर,सुरेन्द्र मानन्धर, निशा देशार र बिश्वास बज्राचार्य लाई संसार सप्तरंगी सम्मान प्रदान गरिएको थियो ।

सोही समारोह मा बिशेष योगदान सम्मान स्वरुप सोहन मानन्धर,किशोर कुमार शाही, बिजय मास्कि मगर,सबिना मानन्धर  र रुखसाना महर्जनलाई सम्मानित गरिएको थियो भने सामाजिक अभियन्ता राजाराम तण्डुकारलाई संसार फेसबुक प्रोफाइल अवार्ड प्रदान गरिएको थियो ।  बिराजकाजी राजोपाध्याय र प्रमिला सायमिले उदघोषण गरेको सो समारोह मा ललितपुर वडा २१ का वडा अध्यक्ष रबिन्द्र महर्जनले स्वागत मन्तव्य राखेका थिए ।

Categorized in साहित्य-कला
ppp 2