STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विश्व वातावरण दिवसमा वृक्षरोपण

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २२, बुधबार

विश्व वातावरण दिवसका अवसर पारेर आज चन्द्रगढी सामुदायिक वनको परिसरमा जिल्लाका सबै सरकारी कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयवासी भएर वृक्षरोपण गरेका छन् । डिभिजन वन कार्यालय र सामुदायिक वनको संयुक्तरूपमा आयोजित कार्यक्रममा पानीसाझ र लामपाते जातका बिरुवा रोपिएको छ । १२ बिघा क्षेत्रफलमा रहेको सो सामुदायिक वनको चार बिघा जग्गामा प्रदेश नं १ का सांसद गोपाल बुढाथोकी, जिल्ला समन्यव समितिका संयोजक सोेमनाथ पार्तेल, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललगायत जिल्लाका सबै कार्यालयका प्रमुखले बिरुवा रोप्नुभएको हो । बिरुवा रोपेर त्यसै नछाड्न आग्रह गर्दै सांसद बुढाथोकीले निरन्तर अनुगमन र बिरुवाकोे रेखदेख गर्न सामुदायिक वनका कर्मचारी र पदाधिकारीलाई अनुरोध गर्नुभएको छ । डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले ताप्लेजुङ जिल्लाबाट मगाएर झापामा परीक्षणका लागि लामपाते जातको बिरुवा चाँडै हुर्कने, काठ पनि राम्रो हुने र अक्सिजन बढी दिने हुँदा रोपिएको बताउनुभयो । कार्यक्रमैस्थलमै डिभिजन वन कार्यालयले प्रत्येक व्यक्तिलाई मेवा, आँप, लिचीलगायत बिरुवा वितरण गरेको थियो । जिल्लाका १५ स्थानीय तहले वृक्षरोपण र सरसफाइ कार्यक्रम गरेर वातावरण दिवस मनाएका हुन् ।
Categorized in राष्ट्रिय