STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विश्व स्वास्थ्य संगठनको नेपालकालागि नव नियुक्त प्रतिनिधि

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ आश्विन २३, शुक्रबार

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि विश्व स्वास्थ्य संगठनको प्रतिनिधिको रूपमा हालै नव नियुक्त हुनुभएका डा. राजेश समबाजीराव पाण्डवले परराष्ट्रमन्त्री माननीय श्री प्रदीप ज्ञवाली समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । 

डा राजेश काठमाडौं २०७७ असोज २ गतेका दिन नेपालस्थित विश्व स्वास्थ्य संगठनको प्रतिनिधिको रूपमा आफ्नो कार्यभार सम्हाल्न काठमाडौं आइपुग्नुभएको थियोे । 

नव नियुक्त प्रतिनिधि  डा राजेशले नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले विगतको ५० वर्षमा बलियो साझेदारी विकास गरेका छन् । यो साझेदारीले स्वस्थ नेपालको साझा उद्देश्य बोकेको छ । मैले नेपाल सरकार र अन्य साझेदारहरूसँगको साझेदारीलाई थप सुदृढीकरण गर्न र सबैका लागि स्वास्थ्यको महत्वपूर्ण एजेन्डालाई अघि बढाउने तर्फ पहल गर्नेछु भनि भन्नु भयो ।

उहाँले नेपालमा स्वास्थ्यकर्मीहरूले गरिरहेको कामको महत्वलाई जोड दिदै सबैका लागि अत्यावश्यक स्वास्थ्य सेवाहरूको सुनिश्चितता गर्दै कोभिड—१९ महामारीको सामना गर्नका लागि हामी सबैले एकजुट हुनु अत्यावश्यक रहेको छ । विश्वभरि नै र नेपालमा पनि अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीहरूमा बढिरहेको कोभिड—१९को संक्रमणले गर्दा म चिन्तित छु । यदि स्वास्थ्यकर्मीहरू नै जोखिममा भएमा, हामी सबै जोखिममा हुन्छौँ भनि भन्नु भएको छ ।

नेपाल आउनुपूर्व, डा राजेश सन् २०१५ अप्रिलदेखि सन् २०२०, सप्टेम्बरसम्म टिमोर(लेस्टेको लागि विश्व स्वास्थ्य संगठनको प्रतिनिधि हुनुहुन्थ्यो । उहाँले सन् २००४ यता विश्व स्वास्थ्य संगठनमा विभिन्न पदमा रहेर सेवा गर्नु भएको छ ।  विगतमा उहाँ विश्व स्वास्थ्य संगठन, टिमोर(लेस्टेमा अवस्थित कार्यालयका लागि स्वास्थ्य नीति सल्लाहकार (सन् २०११—मार्च, २०१५), मेडिकल अधिकृत (जनस्वास्थ्य), विश्व स्वास्थ्य संगठन माल्दिभ्स कार्यालय (सन् २००९—२०११), 

विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एशिया क्षेत्रीय कार्यालयको मानसिक स्वास्थ्य तथा लागूऔषध दुरूपयोग इकाइमा मेडिकल अधिकृत (सन् २००४—२००९)को रूपमा कार्यरत हुनुहुन्थ्यो ।

डा राजेशको विशिष्ट सेवाको उच्च मूल्याङ्कन गर्दै, उहाँलाई सन् २०१६मा स्वीट्जरलेण्डको जेनेभामा विश्व स्वास्थ्य संगठन महानिर्देशक विशिष्ट पुरस्कारबाट सम्मानित गरिएको थियो भने टिमोर(लेस्टेमा शारीरिक गतिविधिलाई प्रबर्धन गर्दै ‘‘वाक द टक’’ अभियानलाई उत्कृष्ट नेतृत्व प्रदान गरेकोमा विश्व स्वास्थ्य संगठनको टिमोर(लेस्टेको कार्यालयलाई सन् २०१८—१९का लागि विश्व स्वास्थ्य संगठन महानिर्देशकको विशिष्ट पुरस्कार प्राप्त भएको थियो ।

Categorized in राष्ट्रिय