वीरगञ्जका दुईजनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ५१ पुग्यो
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १४, आइतबार
काठमाडौं– वीरगञ्जका दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुका कोरोना संक्रमण पाइएको हो ।
संक्रमित दुवै वीरगन्ज निवासी ५० वर्षीय पुरुष रहेका छन् । संक्रमित पुरुषहरु वीरगञ्ज महानगरपालिका वडा नम्बर २ र ३ का रहेका छन् । जसमध्ये छप्कैया वडा नम्बर–२ का पुरुष सिद्धार्थ मावि स्थित क्वारेन्टाइनमा बस्दै आएका थिए भने वडा नम्बर ३ का रहेका छन् ।
उनीहरुलाई अहिले नारायणी अस्पतालको आइसोलेनसमा राखेको र अवस्था समान्य रहेको बताइएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको र यीमध्ये निको भएर घर फर्किनेको संख्या १२ जना रहेको छ ।
Categorized in राष्ट्रिय