वीरगञ्जका १७ जनामा कोरोना संक्रमण, कुल संख्या ९९ पुगे
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २४, बुधबार
काठमाडौं – पर्सा (वीरगञ्ज) का १७ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार बुधबार राष्ट्रिय परीक्षण प्रयोशालामा परीक्षण भएका नमुनामध्ये १७ वटा पोजेटिभ देखिएका छन् ।
मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाका अनुसार १० जना पुरुष र ७ जना महिलाको नमुना पोजेटिभ आएको हो । संक्रमितमा २ महिने शिशुदेखि ६६ वर्ष उमेर समूहका व्यक्ति रहेका छन् ।
यसैगरी वैशाख ११ र १४ गते उपचारपछि निको भएर डिस्चार्ज भएका ३ जनामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको छ । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
Categorized in राष्ट्रिय