वीरगञ्जका १७ संक्रमित एकै परिवारका
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २४, बुधबार
काठमाडौं – बुधबार १७ जनामा देखिएका वीरगञ्जका संक्रमितहरु सबै एकै परिवारको रहेको समाचार प्राप्त भएको छ ।
वीरगञ्ज महानगरपालिका ३ छपकैयाका ३६ वर्षीय पुरुषलाई कोरोना संक्रमणको पुष्टि गत आइतबार भएको थियो ।
उसैको परिवारका सदस्यहरुको परीक्षणमा कोरोना पोजेटिभ आएको हो । संक्रमित परिवारले आफूहरु बाहिर नगएको बताएपछि उनीबाट नै संक्रमण सरेको अनुमान छ ।
Categorized in राष्ट्रिय