STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वैदेशिक रोजगारीको व्यवस्थापन जरुरी सामाजिक विकासमन्त्री बराल

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २०, बुधबार

प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले वैदेशिक रोगारीको व्यवस्थापन र स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ । आज रुपन्देहीको तिलोत्तमामा गरिएको ‘रोजगार तथा सामाजिक सुरक्षाको वर्तमान अवस्था र अबको बाटो’ विषयक सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले विदेशबाट फर्किएपछि पनि युवाहरुले सिकेका सीप र प्रविधिको सदुपयोग गर्न सक्ने अवस्था सिर्जना हुन नसकेको बताउनुभयो । “वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन युवाहरु सीप सिकेर मात्रै जानुपर्छ”, उहाँले भन्नुभयो । मन्त्री बरालले श्रम र रोजगारीका सम्बन्धमा सञ्चारमाध्यमबाट आम नागरिकलाई सुसूचित गर्न कार्यक्रम महत्वपूर्ण हुने उल्ल्ेख गर्नुभयो । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले वैदेशिक रोजगारीका कारण पहाडमा बस्ती खाली हुन थालेकाले स्वदेशमै रोजगारी सिर्जना गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा जानेहरुका पीडा धेरै छन्, अब स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्छ ।” तिलोत्तमा नगरपालिकाको एक लाख २४ हजार जनसङ्ख्यामध्ये १३ हजार १४ वैदेशिक रोजगारीमा रहेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले त्यसमध्ये अधिकांश खाडी मुलुकमा रहेको जानकारी दिनुभयो । वैदेशिक रोजगार बोर्डका निर्देशक दिनबन्धु सुवेदीले सङ्घीय संरचनाअनुरुप बोर्डबाट प्रदान गरिने सेवा प्रदेश र स्थानीय तहसम्म विस्तार गर्ने काम भइरहेको बताउनुभयो । पत्रकार महासङ्घ प्रदेश ५ का उपाध्यक्ष भरत केसीले देश सङ्घीयतामा गएपछि केन्द्रमा हुने कार्यक्रम प्रदेशमा आयोजना हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । पत्रकारले सामाजिक सुरक्षा र रोजगारीका विषयमा खोजमूलक समाचार लेख्न यस्ता कार्यक्रमले सहयोग गर्ने धारणा राख्नुभयो । पत्रकार महासङ्घ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले रोजगारी र सामाजिक सुरक्षाको सवालमा लेखिने समाचार प्रभावकारी बनाउन कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डको आयोजना र पत्रकार महासङ्घ प्रदेश ५ को समन्वयमा भएको दुईदिने कार्यक्रममा प्रदेश नं ५ का ६० पत्रकारको सहभागिता रहेको छ ।
Categorized in राष्ट्रिय