STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष गुरुङको घरमा शंकास्पद बस्तु विस्फोट

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २४, शुक्रबार

बसुन्धारास्थिन वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष रोहन गुरूङको घरमा अज्ञात समूहले आगजनी गरेको छ ।

आज साँझ भएको आगजनीबाट तीनतले घरको पहिलो तलामा क्षति पुगेको छ भने पार्किङ गरी राखिएको ल्याण्ड क्रुजर गाडी जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बमको जस्तो आवाज आएको भए पनि बम हो या होइन भन्नेबारे पुष्टि नभएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताउनुभयो । घटनाको नेपाली सेनाको विज्ञटोलीले अनुसन्धान शुरु गरेको जनाइएको छ ।

Categorized in अपराध-दुर्घटना