व्यक्तिले जस्तो सोच्छ, ऊ त्यसतै बन्छ
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २८, मंगलबार
केही सफल हुने व्यक्तिहरु मात्र भाग्यमानी थिए । म हावाको दिशामा बहिरहेँ र धेरैपटक मेरो अवस्था आँधीबेहरीमा परेको पानीजहाजझैँ हुन्थ्यो । यताबाट उता, उताबाट यता ठक्कर खाइरहेको र कुनै स्पष्ट लक्ष्य नभएको पानीजहाजजस्तो हुन्थ्यो । त्यसपछि मलाई आफ्नो सफलता लागि मेरो पनि केही व्यक्तिगत जिम्मेवारी थियो र मेरो सोचाइले पनि आफ्नो कामका बारेमा निर्णय गर्छ महसुस हुन थाल्यो । मैले माथिको बाइबलको पंक्ति पटकपटक दोहो¥याएर पढेँ । त्यसपछि मैले ठानेँ, त्यो केवल मेरो मस्तिस्कको कुरामात्र थिएन, बरु मेरो मनको सोचाइको कुरा पनि थियो । किन रु किनभने मेरो मनले नै मबारेमा साँचो मूलभूत विश्वास राखेको हुन्छ । त्यस विश्वासले नै म के सोच्ने गर्छु । कस्तो किसिमको कोसिस गर्छु र के कस्ता कुरा प्राप्त गर्नुछ भनेर निर्णय गरेको हुन्छ ।
व्यक्तिले आफ्नो मनमा जस्तो सोच्छ, त्यस्तै बन्छ भनेर किन भनिएको होला ? हामीले आफ्नो मस्तिस्कमा सोचेको कुरा मनमा सोचेभन्दा फरक हुन सक्छ । बाहिरी प्रेरणाको सबन्ध हामीहरुको मस्तिष्कसँग हुन्छ । मस्तिस्कको काम हामीलाई कर्मका लागि उत्साहित गर्नु हो ताकि हामी उठौँ र केही गर्न सकौँ । जबकि आन्तरिक प्रेरणाको सम्बन्ध हाम्रो मन वा आन्तरिक स्वरुपसँग हुन्छ । हाम्रो मस्तिस्कले के भन्छ भन्ने कुराको वास्ता यसलाई हुँदैन । मस्तिस्कले हामी जे गर्न लागिरहेका छौँ त्यसको योजना तर्कलाई सुन्दैन । आफुले उचित ठानेको काममा जुट्न थाल्छ । हामी प्रायः त्यस्ता असम्भव किसिमका कार्य गर्नको लागि उत्साहित भएका मानिसका बारेम सुन्छौँ, खेललाई कुनै आफ्नो मरेको साथी वा पारिवारिक सदस्यप्रति समर्पण गरेका खेलाडी, आफैँले पनि असम्भव ठानेका कार्य गरेका मानिस वा दुघटना भएको बेलाम अरुलाई बचाउनका लागि आफ्नो शक्तिको परिचय दिएका मानिस । त्यसैले मानिसले आफ्नो मनमा जस्तो सोच्छ, ऊ त्यस्तै बन्छ ।
( एक मिनेटमै जीवन परिवर्तन पुस्तक बाट साभार )
Categorized in विचार


