STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

व्यवसायीले भोलि पनि पसल खोल्ने

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २७, मंगलबार

काठमाडौं । काठमाडौंका व्यवसायीले आफूहरुले सुरक्षाका उपाय अपनाएर पसल खोल्दा पनि सुरक्षाकर्मीले बन्द गर्न दबाब दिएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार विहान न्युुरोडमा प्रहरीले बल प्रयोग गरेर पसल बन्द गराएपछि आक्रोशित व्यवसायीले बुधबार पनि पसल खोल्ने बताएका छन् । सरकारसँग छलफल गरेर विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेका मापदण्ड पूरा गरेर पसल सञ्चालन गरे पनि विना कुनै छलफल एक्कासी बन्द गराउनु निन्दनीय भएको नेपाल राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ । ‘हामी सुरक्षाको सावधानी अपनाउनेछौं, स्थानीय प्रशासनले हामीलाई सहयोग गर्नुपर्छ’ अध्यक्ष नरेश कटुवालले भने, ‘अर्थतन्त्र चलायमान बनाउन पनि हामीले व्यवसाय अब सञ्चालन नै गर्नुपर्छ, हामी भोेलि पनि पसल खोल्छौं ।’ मंगलबार न्युरोडमा प्रहरीले पसल बन्द गराएपछि महासंघको बैठक बसेको थियो । बैठकपछि महासंघले व्यवसाय सञ्चालन जारी राख्ने निर्णय गर्दै सरकारसँग ५ बुँदे माग राखेको छ । बैंक तथा वित्तीय संस्था र सहकारीको ब्याज मिनाहा हुनुपर्ने, तीनै तहका सरकारलाई बुझाउनुपर्ने कर लकडाउन अवधिको मिनाहा हुनुपर्ने, घरभाडा मिनाहा हुनुपर्ने माग महासंघले राखेको छ । त्यस्तै महासंघले केरुङलगायत विभिन्न नाकामा आएका सामान छिटो जाँचपास गरी नेपाल भित्र्याउने व्यवस्था गर्नुपर्ने र सम्पूर्ण निजी क्षेत्रका संघ संस्थाहरुलाई एकीकृत गरी एक समन्वय समिति गठन गर्नुपर्ने माग गरेको छ ।
Categorized in बिजनेस