STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

व्याख्यात्मक घोषणा भ्रम मात्र : ओली

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण १७, मंगलबार

फागुन १५, काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले 'व्याख्यात्मक घोषणा'ले अमेरिकी सहायता परियोजना एमसीसी संशोधन हुन्छ भनेर सत्तापक्षले जनतालाई ढाँट्ने दुष्प्रयास गरेको आरोप लगाएको छ ।

एमसीसीबारे आफ्ना धारणा सार्वजनिक गर्दै एमालेले सरकारले एकतर्फी व्याख्या गरेर एमसीसी संशोधन हुन्छ भन्नु जनतालाई ढाँट्ने दुष्प्रयास भएको आरोप लगाएको हो । 'प्रतिनिधिसभाको बैठकमा प्रस्तुत 'व्याख्यात्मक घोषणा' शाकाहारीले 'कितावको माछा पो खान हुन्न, खोलाको त भइहाल्छ नि' भनेजस्तै हो,' अध्यक्ष केपी ओलीले भनेका छन्, 'गठबन्धनका नेताहरू त्यस घोषणालाई लालीपाउडर घसीघसी अझै भ्रमको खेती गर्न सक्रिय छन् ।'

दुई सरकारबीच भएको सम्झौता, सहमतिको झण्डै आधा दशकपछि एकतर्फी व्याख्याद्वारा संशोधन हुन्छ भन्नु जनतालाई ढाँट्ने दुष्प्रयास र हास्यास्पद भएको ओलीले बताए । एमसीसी आफैँ वक्तव्य दिएर व्याख्यातम्क घोषणाले सम्झौतामा कुनै फरक नपार्ने कुरा स्पष्ट पारेको पनि ओलीले बताए ।

'एमसीसी आफैँ वक्तव्य दिएर व्याख्यात्मक घोषणाले सम्झौतामा कुनै फरक नपार्ने कुरा स्पष्ट पारिसकेको छ । तर, अझै केही नेताहरू 'व्याख्यात्मक घोषणा' हिजो आफूले गलत थियो भनिएको एमसीसीलाई दुरुस्त पार्ने भ्याक्सिनका रूपमा प्रचार गर्न खोज्दैछन् । यो जनतालाई दिग्भ्रमित पार्ने अर्को चालबाजी हो,' ओलीले भने ।  

अध्यक्ष ओलीले केही नेताहरूका लत्रिएका जुँगालाई ठाडो पार्ने हतियारका रूपमा संसदीय अभ्यासलाई विकृत पारिएको आरोप पनि लगाए ।

Categorized in राजनीति