STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

व्यास मूर्ति निर्माण गर्न महायज्ञ

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २३, बिहिबार

व्यासक्षेत्र शिवपाञ्चायन विकास कोषको आयोजनामा यहाँ जारी महायज्ञमा व्यास नगरपालिका–३ निवासी अशोककुमार श्रेष्ठले रु चार लाख एक हजार १०८ दान गर्नुभएको छ । १०८ फिटको व्यास मूर्ति निर्माणका महायज्ञ लगाइएको हो । उहाँ व्यासक्षेत्र शिवपञ्चायन विकास कोषको अध्यक्षसमेत हुनुहुन्छ । उहाँले सबैको साझा प्रयासले मात्र मूर्ति निर्माण सम्भव हुँदा दान गर्न आग्रह गर्नुभयो । सोमबारदेखि शुरु भएको महायज्ञमा हालसम्म रु २० लाख ५० हजार ४८३ सङ्कलन भएको छ । बुधबार व्यास नगरपालिका–४ निवासी काशीनाथ न्यौपानेबाट रु एक लाख ५१ हजार पाँच, व्यास नगरपालिका–३ निवासी शान्तिरमण वाग्लेबाट रु एक लाख एक हजार आठ, दमौली कलेजबाट रु एक लाख आठ हजार, श्रीकृष्ण द्वैपायन ज्येष्ठ नागरिक संत्सग समितिबाट रु एक लाख आठ हजार पाँच र व्यास नगरपालिका–१ निवासी सुशीला अधिकारीबाट रु ५१ हजार १५५ दान प्राप्त भएको आयोजकले जनाएको छ । माघ २८ गतेसम्म सञ्चालन हुने महायज्ञमा करिब रु पाँच करोड सङ्कलन गर्ने लक्ष्य राखिएको विकास कोषका महासचिव विष्णुभक्त सिग्देलले जानकारी दिनुभयो । गुरुयोजनाअनुसार सबै संरचना निर्माणका लागि रु ६४ करोड खर्च हुने भए पनि कोषमा रु ५० लाख मात्रै रहेकाले महायज्ञमार्फत बजेट जुटाउने प्रयास गरिएको उहाँले बताउनुभयो । व्यासभूमिलाई धार्मिक एवं पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित मूर्ति निर्माणको कामलाई अगाडि बढाउन खोजिएको छ । व्यासको मूर्ति निर्माणको थालनी विसं २०६८ देखि भएको थियो । मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करिब रु ७० लाख सङ्कलन भएको थियो । उक्त रकममध्ये रु १० लाखको लागतमा नमूना मूर्ति निर्माण गरी व्यास नगरपालिकाको हाताभित्र राखिएको छ । बाँकी रकमले मूर्तिको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरिएको छ । व्यासमूर्तिसहित सबै संरचना निर्माणका रु ६२ करोड ८५ लाख पाँच हजार २११ बजेट लाग्ने अनुमान गरिएको छ । अर्थक्वेक सेफ्टी सोलुसन्सले मूर्तिको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरेको छ । विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० मूर्ति र पेडेस्टल ९स्तम्भ० निर्माणका लागि मात्रै रु ३४ करोड १६ लाख ७६ हजार ९९३ लाग्ने अनुमान गरिएको छ भने अन्य संरचना निर्माणका लागि रु २८ करोड ६८ लाख २८ हजार २१७ लाग्ने अनुमान छ । निर्माण शुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको र पहिलो वर्ष मात्रै रु सात करोड खर्च हुने अनुमान छ । व्यासको मूर्ति अड्याउनका लागि तीन तल्लाको पेडेस्टल ९स्तम्भ० निर्माण गरिनेछ । पेडेस्टल ९स्तम्भ० निर्माणका लागि मात्रै डेढ वर्ष लाग्ने अनुमान गरिएको छ । व्यास मूर्ति निर्माणका ३० हजार किलो तामा आवश्यक पर्ने अनुमान छ । पेडेस्टल ९स्तम्भ० भित्र सङ्ग्रहालय, पुस्तकालय हल प्रस्ताव गरिएको छ । गुरुयोजनाअनुसार व्यासको मूर्तिका अलवा प्रवेशद्वार, पार्किङ, टिकट काउण्टर, गार्ड घर, कोशेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन हल, योग हल, समितिको सचिवालय बैठक कक्ष, सङ्ग्रहालय, वृत्तचित्र हल, व्यास पुस्तकालय, शौचालय, बगैँचाको साथ विश्राम घर, तलाउसहितको मत्स्यगन्धा पार्क, चमेनागृह, पुजारी घर, २७ साना व्यासका मूर्ति, व्यासका अनुयायीको पाँच साना प्रतिमा र गणेश बसेर वेद लेखेको सानो मूर्ति प्रस्ताव गरिएको छ । यी सबै संरचना निर्माणका लागि ६० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्ने जनाइएको छ ।
Categorized in राष्ट्रिय