STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शंखधरको प्रतिमामा माल्यार्पण कार्यक्रम भीडभाडरहित हुने

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक २३, आइतबार

आगामी मङ्सिर १ गते पर्ने नेपाल संवतको नयाँ वर्ष ११४१ का दिन मध्यपुरथिमिस्थित राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा सरकार प्रमुखबाट हुँदै आएको माल्यार्पण कार्यक्रम यस वर्ष औपचारिकतामा मात्रै सीमित गरिने भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले कोभिड–१९ का कारण विगतका वर्षमा झै भव्यरुपमा कार्यक्रम नगरी औपचारिकतामा मात्रै कार्यक्रमलाई सीमित गरिने तयारी गरिएको जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शंखधर साख्वाःको शालिकमा माल्यार्पण गर्न आइदिन आग्रह गरिएको बताउँदै उहाँ आउन नसक्ने परिस्थिति आएमा सरकारको प्रतिनिधित्व गराएर प्रधानमन्त्रीको भिडियोसहितको शुभकामना सन्देश जारी गर्न पहल भइरहेको जानकारी दिनुभयो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चामा रहने माल्यार्पण कार्यक्रमलाई सामाजिक दूरी कायम गरेर पर्वका रुपमा मनाउनु पर्नेमा जोड दिनुभयो । भिन्तुना ¥यालीका संयोजक प्रदीपजामुन श्रेष्ठले यस वर्ष नेपाल संवत्का अवसरमा मोटरसाइकल र सांस्कृतिक ¥याली तथा मण्डल प्रतियोगिता नगरिने बताउनुभयो ।

Categorized in राष्ट्रिय