STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शताब्दी पुरुष सत्यमोहन जोशी १०१ वर्षमा प्रवेश

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ३०, मंगलबार

काठमाडौं – शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी १०१ वर्ष पुगेका छन् । वैशाख ३० गते मंगलबार जोशी १०१ वर्षमा लागेका हुन् । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि लकडाउन लागु भएकोले सत्यमोहन जोशीका औपचारिक कार्यक्रमहरु छैनन् । ललिपतुर महानगरपालिकाका उपमेयर गीता सत्यालले लकडाउनका कारण कुनै कार्यक्रम आयोजना नगरिएको बताइन् । जोशी गत वर्ष एक सय वर्ष पुग्दा ललितपुर महानगरपालिकाले महानगरपालिकाभर सार्वजनिक विदा दिएको थियो । साथै महानगरपालिकाले एक वर्षभर विभिन्न कार्यक्रम गरी जन्मशताव्दी मनाउने निर्णय गरेको थियो ।

अमेरिकी राजदूतको शुभकामना

यसैबीच जोशी १०१ वर्ष पुगेको अवसरमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले शुभकामना दिएका छन् । उनले ट्वीटरमार्फत् जोशीको सुस्वास्थ्यको कामना गरेका छन् । राजदूत बेरीले जोशीलाई महान नेपाली लेखक र जीवित साँस्कृतिक आइकनको उपमा दिएका छन् ।
Categorized in राष्ट्रिय