STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शहीद दाहालको स्मरण

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २६, मंगलबार

 जनआन्दोलनका प्रथम शहीद भीमसेन दाहालले सहादत प्राप्त गर्नुभएको १३ औँ स्मृति दिवसको अवसरमा शहीद भीमसेन दाहाल स्मृति प्रतिष्ठानको आयोजनामा आज दाहालको शालिकमा पुष्पगुच्छाले माल्यार्पण गरी स्मरण गरियो । कार्यक्रममा सहभागी प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मीलगायतले शहीदको स्मरण गर्दै उनीहरुले देखेका सपना अझै पूरा नभएको धारणा राखे । सो अवसरमा गण्डकी प्रदेशसभाका उपसभामुख सिर्जना शर्माले दाहाल देश र जनताको स्वतन्त्रताका लागि बलिदानी गर्ने एक योद्धा भएको बताउनुभयो । स्मृति दिवसको दिनमा शहीदको शालिकमा फूल चढाएर मात्र उनीहरुप्रति सम्मान नहुने भएकाले शहीदले देखाएको बाटोमा हिँड्न सकेमात्र सच्चा सम्मान हुने उहाँको भनाइ छ । शहीद पत्नी एवम् प्रतिष्ठानका अध्यक्ष सविता पौडेल दाहालले प्रतिष्ठानले एकल महिला एवम् गरीब परिवारका एक जना बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क अध्ययनको प्रवन्ध गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विसं २०६२ चैत २६ गते दोस्रो जनआन्दोलनका क्रममा दाहालको पोखरा महानगरपालिका–९ स्थित महेन्द्रपुलमा सुरक्षाकर्मीले चलाएको गोली लागि निधन भएको थियो ।
Categorized in राष्ट्रिय