relans
ni new 83
nib 2082 5

शहीद स्मारक लिग ः मछिन्द्र क्लब शीर्ष स्थानमा

Janjati Khabar – जनजाति खबर | २०७६ पौष २९, मंगलबार

शहीद स्मारक ‘ए’ डिभिजन लिगको छैटौँ चरणको खेल सकिनलाग्दा मछिन्द्र क्लब १३ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । मछिन्द्रले हालसम्म छ खेलमध्ये चारमा जीत तथा चार खेल बराबरी खेलेको छ । यस्तै पाँच खेलमा चारमा जीत तथा एकमा हार बेहोरेको त्रिभुवन आर्मी क्लब १२ अङ्कसहित लिगको दोस्रो स्थानमा छ । मनाङ मस्र्याङ्दी क्लब तेस्रो स्थानमा छ । मनाङले छ खेलमा तीनमा जीत तथा तीनमा बराबरी खेलेको छ । उसले १२ अङ्क प्राप्त गरेको छ । तीन खेलमा जीत, दुईमा हार र एउटामा बराबरी खेलेको थ्री स्टार १० अङ्कसहित चौथो स्थानमा छ भने दुई खेलमा जीत, एकमा हार तथा तीन खेलमा बराबरी खेल्दै नौ अङ्कका साथ जावलाखेल पाँचौँ स्थानमा छ । यसैगरी न्युरोड टिम तीन खेलमा जीत, दुईमा हार र एक खेलमा बराबरी खेल्दै आठ अङ्कका साथ छैटौँ स्थानमा छ । नेपाल पुलिस क्लब दुई खेलमा जीत, दुईमा हार तथा दुईमा बराबरी खेल्दै आठ अङ्कसहित सातौँ, सङ्कटा क्लब दुई खेलमा जीत, दुईमा हार तथा एउटामा बराबरी खेल्दै सात अङ्कसहित आठौँ, ब्रिगेड ब्वाइज क्लब दुई खेलमा जीत, तीनमा हार तथा एक खेलमा बराबरी खेल्दै सात अङ्कसहित नवौँ, च्यासल युथ क्लब एक खेलमा जीत, दुईमा हार तथा तीन खेलमा बराबरी खलेर छ अङ्कका साथ १०औँ, सशस्त्र प्रहरी बलको एपीएफ क्लब एउटामा जीत, तीनमा हार र एकमा बराबरी खेल्दै पाँच अङ्कसहित ११औँ स्थानमा, फ्रेन्डस् क्लब एक खेलमा जीत, तीनमा हार र दुई खेलमा बराबरी खेलेर पाँच अङ्कका साथ १२औँ, हिमालयन शेर्पा क्लब दुई खेलमा हार तथा चारमा बराबरी खेल्दै चार अङ्कका साथ १३औँ तथा सरस्वती युथ क्लब पाँच खेलमा हार तथा एक खेलमा बराबरी खेल्दै लिगको पुछारमा रहेको छ । छैटौँ चरणको आज अन्तिम खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबबीच खेल हुनेछ । आजको खेल जिते आर्मी १५ अङ्कका साथ लिगको शीर्ष स्थानमा पुग्नेछ । उक्त खेल सङ्कटाले जिते नौ अङ्कसहित पाँचौँ स्थानमा उक्लने छ ।
Categorized in खेलकुद
ppp 2