relans
ni new 83
nib 2082 5

शान्ति आश्रम विकास गर्न महायज्ञ

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १८, आइतबार

पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमको सर्वाङ्गीण विकास एवं धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले श्रीमद्भागवत ज्ञानमहायज्ञ शुरु गरिएको छ । महायज्ञको पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले शनिबार शुभारम्भ गर्दै शान्ति र मेलमिलापबिना समाज अघि बढ्न नसक्ने हुँदा अहङ्कार, लोभ, इष्र्याजस्ता कुरा त्याग्नुपर्ने बताउनुभयो । संस्कृति र धर्मको रक्षाका लागि यस किसिमका महायज्ञले महत्वपूर्ण योगदान पु¥याउने उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा महायज्ञ मूल समारोहका संरक्षक एवं पिठाधीश मुकुन्दशरण उपाध्याय, महायज्ञ मूल आयोजक समितिका अध्यक्ष गणेशबहादुर खत्री, राधाकृष्ण मन्दिर देवघाटका पिठाधीश हरिशरण उपाध्याय, ब्राह्मण समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा डा नारयणप्रसाद अधिकारी, प्रमुख कथावाचक पं राधाशरण काफ्लेलगायतले शान्ति आश्रमलाई धार्मिक पर्यटकीयस्थल बनाउन जोड दिनुभयो । महायज्ञ शुरु हुनुपूर्व लेखनाथको पावरहाउसबाट महायज्ञस्थल लामेआहालसम्म कलशयात्रा गरिएको थियो । कलशयात्रामा विभिन्न सङ्घ, संस्था एवं आमा समूहको सहभागिता थियो । पण्डित राधाशरण काफ्ले प्रमुख वाचकत्वमा आगामी फागुन २४ गतेसम्म चल्ने महायज्ञमा दैनिक श्रीमद्भागवत वेद, चण्डी, रुद्री गीतापाठका साथै हवन गरिने आयोजकले जनाएको छ ।
Categorized in राष्ट्रिय
ppp 2