शाम्बालाले जित्यो निफमा उत्कृष्ट अवार्ड
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ चैत्र १२, मंगलबार
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा आयोजित आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा चलचित्र ‘शाम्बाला’ उत्कृष्ट भएकाे छ । मीन बहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ले गौतम बुद्ध अवार्ड जितेको छ। शाम्बालाले डाेल्पाका जनजीवन र बहुपति विवाहपछि आएकाे परिवर्तन र हिमाली यात्राकाे कथा भन्छ।
सो महोन्सवमा उत्कृष्ट राष्ट्रिय फिचर फिल्म अवार्ड भने चलचित्र’आखाँ’ले हात पारेको छ। यस चलचित्रले सहरभित्रकाे मध्यम बर्गकाे कथा भन्छ। जातीय छुवाछुतलाई विषय बनाइएकाे चलिचत्र ‘पुजार सार्की’बाट निर्देशक दिनेश राउत उत्कृष्ट घोषित भएका छन्।
‘पुजार सार्कीमा अभिनय गरेकी अभिनेत्री अञ्जना बराइलीले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् भने उत्कृष्ट अभिनेतातर्फ ‘आखाँ’बाट आर्के मेहताले हात पारे।
राष्ट्रिय फिचर फिल्म छायांकन तर्फको अवार्ड छायांकार राजेश श्रेष्ठले जितेका छन्। उत्कृष्ट राष्ट्रिय चलचित्र लेखन अवार्ड आँखा बाट जौन योञ्जनले पाएका छन्।
भारतीय चलचित्र ‘रूक्मिणी’ले डङ्की आट्य अवार्ड र मञ्जुश्री अवार्ड (एआई फिल्म अवार्ड) अर्जेन्टिनाको चलचित्र ‘द अविस्’ ले पाएको छ।
उत्कृष्ट सर्ट फिल्म निर्देशक अवार्ड निशान खत्रीको चलचित्र ‘अ बिटनेस’ ले पाएको छ भने, ‘माउन्ट एभरेस्ट अवार्ड’ बेल्जियमको ‘मेल्टिङ स्नो’ ले पाएको छ। यस वर्ष ‘बागमती अवार्ड’ स्पेनको चलचित्र ‘लुसिया जि रोमेरो’ ले पाएको छ।
चलचित्र सतिदेवीले पब्लिक च्वइस उत्कृष्ट फिचर फिल्म अवार्ड पाएको छ। उत्कृष्ट राष्ट्रिय डकुमेन्ट्री फिल्म अवार्ड सुविना श्रेष्ठको ‘देवि,’ अडियन्स चोइस अवार्ड डकुमेन्ट्री तर्फ चलचित्र ‘गल्स रि राइटिङ डेस्टिनि,’ उत्कृष्ट सर्ट चलचित्र अवार्ड र राष्ट्रिय सर्ट फिल्म अवार्ड निराजन राज भेटवालको चलचित्र ‘द विटनेस ट्रि’ ले पाएको छ।
महोत्सवमा ४० देश का ८७ फिल्म प्रदर्शन भएका थिए।
Categorized in सिनेमा

