शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि
Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २५, आइतबार
काठमाडौं – शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
शुक्रबार स्वास्थ्यमा समस्या आएपछि स्वाब दिएका मन्त्री पोखरेलको रिपोर्ट आइतबार पोजिटिभ आएको हो ।
लक्षणसहितको संक्रमण देखिएकाले मन्त्री पोखरेल अहिले पाटन अस्पतालको आइसोलेसनमा रहेक छन् ।
यसअघि पर्यटनमन्त्री योगेश भट्टराईको शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
Categorized in राष्ट्रिय

