STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शिक्षा पत्रकारिता पुरस्कार रौनियारलाई प्रदान

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १४, मंगलबार

राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार २०७५ रुबी रौनियारलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको ‘शिक्षा पत्रकारिता पुरस्कार २०७५ तथा लैङ्गिक समानता पत्रकारिता पुरस्कार’ वितरण समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नागरिक दैनिकमा कार्यरत रौनियारलाई प्रदान गर्नु भएको हो । पुरस्कारको राशि रु ५१ हजार रहेको छ । सो अवसरमा मन्त्री पोखरेलले पत्रकारिता शिक्षाको सीप र ज्ञान दुवै भएकाले तल्लो तहसम्म लैजानुपर्ने बताउनुभयो । उहाँले शिक्षालाई रुपान्तरण गर्नका लागि अक्षराङ्कन ९ग्रेडिङ० प्रणाली अपनाइएको भन्दै परीक्षा प्रणाली नै परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो । “शिक्षा घोकन्ते भएको छ । तीन घण्टा घोकेर परीक्षामा लेखेर पास हुने प्रणाली अहिले रहेको छ”, उहाँले भन्नुभयो, “त्यसलाई अन्त्य गरेर सिकाइ केन्द्रित प्रणालीलाई विकास गर्नुपर्दछ ।” मन्त्री पोखरेलले चाँडै नै शिक्षा नीति ल्याई विद्यालय र प्राविधिक शिक्षासम्बन्धी विधेयक तथा उच्च शिक्षासम्बन्धी विधयेकलाई यही महिनाभित्र ल्याउने बताउनुभयो । उहाँले शिक्षा मुलुकको जनशक्ति उत्पादन गर्ने क्षेत्र भएकाले गुणस्तरीय शिक्षामा सरकारको जोड रहेको धारणा राख्नुभयो । कार्यक्रममा केन्द्रका महानिर्देशक बाबुराम पौडेलले शिक्षामा पत्रकारलाई कलम चलाउन हौसला प्रदान गर्न पुरस्कृत गर्न थालिएको बताउनुभयो । महासङ्घका अध्यक्ष गोविन्द आचार्यले शिक्षाका क्षेत्रमा पत्रकारले अझ कलम चलाउनुपर्ने बताउनुभयो । कार्यक्रममा मन्त्री पोखरेलले सात प्रदेश र उपत्यकालाई एक प्रदेश मानी आठ प्रदेशबाट एक÷एक जनालाई प्रदान गरिने रु २० हजार राशिको प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७५ प्रदान गरिएको थियो । प्रदेश नं १ बाट सुजन तिम्सिना ९इलाम०, प्रदेश नं २ बाट सन्तोष सिंह ९जनकपुर०, प्रदेश नं ३ बाट सरिता श्रेष्ठ ९धादिङ०, गण्डकी प्रदेशबाट कमल खत्री ९म्याग्दी०, प्रदेश ५ बाट प्रेमनारायण आचार्य ९अर्घाखाँची०, कर्णाली प्रदेशबाट गोविन्द केसी ९दैलेख०, सुदूरपश्चिम प्रदेशबाट मोहन विष्ट ९कञ्चनपुर० र उपत्यकाबाट लक्ष्मी पौडेल ९काठमाडौँ०लाई प्रदान गरिएको थियो । यसैगरी सात प्रदेश र उपत्यकालाई एक प्रदेश आठ प्रदेशबाट दुई÷दुई जनालाई प्रदान गरिने रु १५ हजार राशिको प्रादेशिक शिक्षा पत्रकारिता समेत प्रदान गरिएको थियो । प्रदेश नं १ बाट रोहित राई ९सुनसरी० र सुशीला पाठक ९मोरङ०, प्रदेश नं २ बाट बृजलालप्रसाद पासवान ९पर्सा० र सुनिल ठाकुर ९सर्लाही०, प्रदेश नं ३ बाट शरद अधिकारी ९काठमाडौँ० र सविता श्रेष्ठ ९चितवन०, गण्डकी प्रदेशबाट रोशन तिवारी ९पर्वत० र शान्ता कमली ९लमजुङ ०, प्रदेश नं ५ बाट विकास बन्जाडे ९कपिलवस्तु० र भगवती पाण्डे ९रुपन्देही०, कर्णाली प्रदेशबाट विष्णुप्रसाद न्यौपाने ९कालीकोट० र हरि गौतम ९रुकुम०, सुदूरपश्चिम प्रदेशबाट शैलेन्द्र रोकाय ९बझाङ० र भूमिराज जोशी ९बझाड० तथा उपत्यकाबाट राजन रुचाल ९ललितपुर० र प्रशान्त वली ९काठमाडौँ०लाई पुरस्कृत गरिएको थियो । त्यसैगरी संस्थागतको एफएमतर्फ रु २० हजार राशिको शिक्षा पत्रकारिता पुरस्कार प्रदेश नं १ बाट तमोर एफएम ९ताप्लेजुङ०, प्रदेश नं २ बाट रेडियो अपन मिथिला ९महोत्तरी०, प्रदेश नं ३ बाट रेडियो सन्देश ९मकवानपुर०, गण्डकी प्रदेशबाट ह्याप्पी एफएम ९नवलपुर०, प्रदेश नं ५ बाट रेडियो मदनपोखरा ९पाल्पा०, कर्णाली प्रदेशबाट रेडियो शारदा ९सल्यान०, सुदूरपश्चिमबाट रेडियो जनप्रिय ९अछाम० र उपत्यकाबाट क्यापिटल एफएम ९काठमाडौँ०लाई प्रदान गरिएको थियो । संस्थागततर्फ छापाबाट शिक्षालय मासिक ९ललितपुर०, अनलाइनबाट सेतोपाटी डटकम र टेलिभिजनबाट जनता टिभीलाई समेत रु २५ हजार राशिको शिक्षा पत्रकारिता पुरस्कार २०७५ प्रदान गरिएको थियो । महासङ्घले हरेक वर्ष पुरस्कार प्रदान गर्दै आइरहेको छ । सोही अवसरमा महासङ्घ र मदरल्याण्ड नेपालको सहकार्यमा प्रदान गर्दै आएको ‘लैङ्गिक समानता पत्रकारिता’ पुरस्कार सुजीतकुमार झा, जनकपुर ९एभिन्युज टिभी०, तिलसरा विक, हुम्ला ९कर्णाली एफएम० र भवानी भट्ट महेन्द्रनगर ९कान्तिपुर दैनिक० लाई प्रदान गरिएको थियो । रु ४० हजार राशि रहेको उक्त पुरस्कार लैङ्गिक समानता हासिल गर्न समाजलाई अभिप्रेरणा गर्ने, समतामूलक समाज निर्माणमा भूमिका खेल्दै पैरवीयुक्त, खोजमूलक र प्रभावशाली समाचार÷आलेख प्रकाशन÷प्रसारण गरेबापत प्रदान गरिएको थियो ।
Categorized in राष्ट्रिय