STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शिक्षा प्रणाली सुधार गर्नुपर्ने

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १७, मंगलबार

प्रदेश नं ३ का कार्यवाहक मुख्यमन्त्री सालिकराम जम्कट्टेलले शिक्षा प्रणाली देशको आवश्यकताअनुसार नभएको भन्दै शिक्षा क्षेत्रमा विकास गर्न नसकिएको बताउनुभएको छ । प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयको आयोजनामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले शिक्षा क्षेत्रमा नीति योजना बनाउँदा प्राविधिक विषय कृषि, पर्यटन, सहकारीलगायतका कम्तीमा पाँच विषय अनिवार्य गरिनुपर्ने बताउनुभयो । “अबको हाम्रो शिक्षाको कार्यक्रम भनेको गाउँपालिका केन्द्रित हुनुपर्छ । गाउँपालिकामा भएका धेरै विद्यालयमा पुस्तकालय, खेलमैदान र कम्प्युटर ल्याब छैनन्, त्यता ध्यान दिनु जरुरी छ”, उहाँले भन्नुभयो । उहाँले स्थानीय तहलाई शिक्षामा लगानी गर्न अनुरोध गर्दै विकासको ‘मोेडल’ परिवर्तन नभएसम्म विकास सम्भव नभएको बताउनुभयो । उहाँले परिणाममुखी काम गर्न पनि सबै सरोकारवालालाई आग्रह गर्नुभयो । कार्यक्रममा प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले शिक्षा क्षेत्रमा धेरै खालका सुधारको खाँचो रहेको बताउँदै सामुदायिक विद्यालयले प्रदान गर्ने शिक्षामा शिक्षक, अभिभावक सबै मिलेर सुधार ल्याउन सकिने बताउनुभयो । कार्यक्रममा प्रदेशसभा, शिक्षा स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहालले शिक्षकले मेहनत गरेमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि हुने बताउनुभयो ।
Categorized in राष्ट्रिय