STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शिवपुरी माध्यामिक विद्यालयद्वारा मेयर शाक्य र उपमेयर खडगी सम्मानित

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आश्विन २१, बिहिबार

शिवपुरी माध्यामिक  विद्यालय महाराजगंजको ७३ अौ बार्षिकोत्सवको अवसरमा आयोजित एक समारोहमा काठमाण्डौं महानगरपालिका का मेयर विद्या सुन्दर शाक्य लाई उहाँले शिक्षा क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको छ ।

माननीय पूर्व उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलज्यूको प्रमुख आतिथित्यतामा सम्पन्न  सो समारोहमा शिक्षा, स्वास्थ्य, भाषा, संस्कृति लगायत समग्र   काठमाडौं महानगरको विकासमा पुर्याउनु भएको विशेष योगदानको कदर गर्दै काठमाडौं महानगरका प्रमुख विद्याशुन्दर शाक्य लगायत उपप्रमुख हरिप्रभा खड्गी र का. म. पा. वडा नं. ३ का वडा अध्यक्ष दीपक के. सी. लाई विशेष सम्मान गरियो । साथै उक्त समारोहमा विभिन्न संस्था तथा महानुभावबाट स्थापना गरिएको अक्षयकोष बाट प्राप्त व्याज रकम बाट उक्त विद्यालय का ६० जना विद्यार्थीहरुलाई छात्रवृत्ति पनि प्रदान गरिएको थियो ।

उक्त अवसरमा १५ बर्ष सेवा अवधि पुगेका शिक्षक बोजबहादुर बुढाथोकी , बर्ष उत्कृष्ट शिक्षक कान्छा नुरु शेर्पालाई पनि सम्मान गरियो । ISA project को संयोजन गर्ने शिक्षिका सुलोचना न्याैपाने लगायत अन्य ११ जना शिक्षक शिक्षिकाहरुलाई पनि सो अवसरमा पुरस्कृत गरिएको थियो । कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा प्रमूख अतिथी  माननीय इश्वर पोखरेलले एक शिक्षक एक ल्यापटप कार्यक्रमको लागि ४० वटा ल्यापटप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नेु भयो । 

उक्त अवसरमा सांसद विकास कोष अन्तरगत माननीय इश्वर पोखरेलज्यू मार्फत प्राप्त २५ लाख रकमबाट निर्माण गरिएको शिवपुरी चमेना गृहको पनि उद्धधाटन सम्पन्न भयो । कार्यक्रममा का. म. पा. शिक्षा विभाग प्रमुख राम प्रसाद सुवेदीज्यूले पनि शुभकामना मन्तव्य दिनु हुँदै विद्यालयले गरेको प्रगतिको प्रसंशा गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व वि. व्य. स. अध्यक्ष ई. गिरिधर मिश्रज्यूले गर्नुभएको थियोे  भने विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शी पाण्डे ले विद्यालयका बारे थप कुरा प्रकाश पार्नु भएको थियो ।

कोरोनाका कारण सिमित व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गर्नुपर्ने बाध्यताले धेरै शुभचिन्तक महानुभावहरुलाई कार्यक्रममा बोलाउन नसकेकोमा विद्यालय परिवार क्षमा याचना पनि गरेको छ ।

Categorized in शिक्षा