शुक्रबारदेखि लकडाउन कडा हुने
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १, बिहिबार
काठमाडौं – उपत्यकामा कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि जारी लकडाउनलाई कडा बनाइने भएको छ ।
गृहमन्त्रायलले बिहीबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारी, मेयर, प्रहरी अधिकारीहरुसँग छलफल गरी शुक्रबारदेखि लकडाउन कडा बनाउने निष्कर्ष निकालेको हो ।
अब शुक्रबारदेखि आवतजावतको चेकिङमा कडाइ हुने तथा भित्री सहरमा पनि कडाइ गरिने जनाइएको छ ।
मन्त्रालयले बिहीबारदेखि सबैखाले पास पनि रद्द गरिसकेको छ । यसका साथै सरकारले खोल्ने भनेका उद्योगहरुका बारे पनि पुनर्विचार हुने भएको छ ।
Categorized in राष्ट्रिय