STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शुरु भएन ठूलो घण्टाको पुनःनिर्माण

Janjati Khabar – जनजाति खबर | २०७५ कार्तिक १३, मंगलबार

ललितपुर, १३, कात्तिक  मल्लकालमा नगरवासीलाई सार्वजनिक सूचना दिनका लागि प्रयोग हुने यहाँस्थित ठूलो घण्टाको पुनःनिर्माण शुरु हुन सकेको छैन । विसं २०७२ को भूकम्पका कारण क्षतिग्रस्त यस क्षेत्रका धेरै मन्दिर, दरबारलगायत स्मारकको पुनःनिर्माण शुरु हुँदासमेत ठूलो घण्टाको काम शुरु हुन नसकेको पाटन दरबार संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । भूकम्पको तीन वर्षसम्म सामान्य मर्मतसमेत नहुँदा सो घण्टा बाङ्गिँदै गएको छ । घण्टाको तल रहेका पाटीमा रहेका पसल नहट्दासम्म पुनःनिर्माण अघि बढ्न नसक्ने कार्यालयले जनाएको छ । अन्य स्मारकभन्दा उक्त घण्टाको महत्व र पर्यटकलाई आकर्षित गर्ने हिसाबले कम नभएको कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो । “यहाँ भएका पसल हटाएर पुनःनिर्माण शुरु गर्नुपर्छ”, उहाँले भन्नुभयो, “बढी क्षतिग्रस्त स्मारकको निर्माण पहिले भएकाले अब ठूलो घण्टा प्राथमिकतामा राख्नैपर्छ ।” सूचनाका अन्य माध्यमको विकास नहुँदा झण्डै सय वर्ष पहिलेसम्म सो घण्टा सार्वजनिक सूचना सम्पे्रषणको माध्यम रहेको स्थानीयवासी ज्येष्ठ नागरिक बताउँछन् । अहिले यो घण्टा पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रका धेरै स्मारक भूकम्पले क्षतिग्रस्त बनेका थिए । तीमध्ये कृष्णमन्दिर, मणिमण्डप, चार नारायण, हरिशङ्कर मन्दिरलगायत स्मारकको पुनःनिर्माण काठमाडौँ उपत्यका संरक्षण कोषले गरेको हो । कुम्भेश्वर मन्दिर, राधाकृष्ण मन्दिरलगायतको पुनःनिर्माण नेपाल सरकार आफैँले गरिरहेको छ ।
Categorized in राष्ट्रिय