STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शेयर बजार ःसाढे तीन अङ्कले घट्यो

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २१, मंगलबार

शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३।५६ बिन्दुले घटेर एक हजार २८९।२८ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।६२ बिन्दुले घटेर २७४।८६ बिन्दुमा कायम भएको छ । 
स्टकका अनुसार कूल १७२ कम्पनीको २२ लाख ५२ हजार ५४६ कित्ता शेयर रु ७१ करोड ५४ लाख ७८ हजार ६१२ मूल्यमा खरीद बिक्री भए । 
कारोवार भएका १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर भने घटेको छ । होटल ३२।६७, विकास बैंक २।४९, वित्त ०।४ र उत्पादन उपसमूह ४१।०२ बिन्दुले बढेको छ । त्यस्तै बैंकिङ २।८७, व्यापार २।५३, जलविद्युत् ७।७९, निर्जीवन बीमा ५५।०३, अन्य ५।०२, लघुवित्त १२।४०, जीवन बीमा २५।९५ र सामूहिक लगानी कोष ०।०२ बिन्दुले घटेको छ । 
स्टकका अनुसार शिवम् सिमेन्टको शेयर सबैभन्दा बढी कारोवार भएको छ । सो कम्पनीको रु १२ करोड १३ लाख ११ हजार ८८९, प्रभु बैंक रु नौ करोड ३३ लाख ५४ हजार ४९०, नेपाल बैंक लिमिटेड रु चार करोड ८७ लाख ६२ हजार ४६६, तारागाँउ रिजेन्सी होटल रु दुई करोड ३८ लाख ५९ हजार ६९४, कन्काई विकास बैंक रु दुई करोड १६ लाख ७० हजार ७८३, कृषि विकास बैंक रु दुई करोड दुई लाख ३५ हजार २३८, माथिल्लो तामाकोशी रु एक करोड ९४ लाख ६ हजार १५९ र एनसिसी बैंकको रु एक करोड ६९ लाख ३२ हजार ७१० मा कारोवार भई शीर्ष स्थानमा रहे । 
स्टकका अनुसार आज तारागाउँ रिजेन्सी होटलका शेयरधनीले ६।९८ प्रतिशतले कमाए । यस्तै गुराँस लघुवित्त वित्तीय संस्था ६।८५, कन्काई विकास बैंक ५।३८, गुह्येश्वरी मर्चेन्ट बैंक ४।७२, कैलाश विकास बैंक ३।४३ प्रतिशतले कमाए । 
त्यस्तै जोशी हाइड्रो पावर ६।३८, मल्टीपर्पोज फाइनान्स कम्पनी ६।०८, मितेरी डेभलपमेन्ट बैंक ५।६०, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था ५।३७, मञ्जुश्री फाइनान्स ४।७२ र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले ४।२० प्रतिशतले गुमाए । 
Categorized in बिजनेस