शेर्पा पर्यटन व्यवसायी सङ्घको अध्यक्षमा सोनाम ग्याल्जेन शेर्पा चयन
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ३१, शुक्रबार
शेर्पा पर्यटन व्यवसायी सङ्घको अध्यक्षमा सोनाम ग्लाल्जेन शेर्पा चयन हुनुभएको छ । सङ्घको आज भएको प्रथम अधिवेशनले शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा पेम्बा शेर्पा (संगम), उपाध्यक्ष ङावाङ ङिमा शेर्पा, महासचिव आङ पेम्बा शेर्पा, सचिव ओङ्दा शेर्पा, कोषाध्यक्षमा मिङ्मा तेन्जिङ शेर्पा र सहकोषाध्यक्षमा फुर्वा शेर्पा चयन हुनुभएको छ । सदस्यहरुमा दाबकुटी शेर्पा, पासाङ ङिमा शेर्पा, पासाङ लमु शेर्पा, गोम्बा शेर्पा, फुरदिकी शेर्पा, देण्डी शेर्पा, आङ छोटी शेर्पा, ल्हमु शेर्पा चुनिनुभएको छ । अधिवेशनको पूर्वपर्यटनमन्त्री कृपासुर शेर्पाले उद्घाटन गर्नुभएको थियो । सङ्घमा ५०० बढी सदस्य आवद्ध छन् । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पा, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रीय, पर्वतीय प्रशिक्षण प्रतिष्ठानका अध्यक्ष लाक्पाफुटी शेर्पालगायतको उपस्थिति थियो । –––


