STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शैक्षिक संस्थाले अनुशासित नागरिक तयार गर्नुपर्छ ः सामाजिक विकासमन्त्री

Janjati Khabar – जनजाति खबर | २०७६ माघ १३, सोमबार

पोखरा महानगरपालिका–३३ स्थित चण्डी माध्यमिक विद्यालयको ५७ औँ वार्षिकोत्सव एवं ५८ औँ अभिभावक दिवसका अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिएकोे छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष सन्तबहादुर थापा, चेतबहादुर महत, लोकबहादुर महत र हेमबहादुर थापा ९पराजुली०लाई गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले आइतबार सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो । साथै उक्त अवसरमा वर्ष उत्कृष्ट अभिभावकमा केशवराज लामिछाने र ज्येष्ठ सदस्यद्वय शेरबहादुर थापा र मिठुमाया खड्कालाई पनि सम्मान गरिएको थियो । मन्त्री पुनले समाजमा योग्य, नैतिकवान र दक्ष नागरिक तयार गर्नु वर्तमानको आवश्यकता भएको बताउँदै अनुशासित नागरिक तयार गर्ने जिम्मेवारी शैक्षिक संस्थाको भएको बताउनुभयो । पोखरा महानगरपालिका–३३ का अध्यक्ष शिवप्रसाद आचार्यले शिक्षाको गुणस्तरीयता अभिवृद्धिको लक्ष्यलाई आत्मसात् गर्दै विद्यालय अघि बढ्नुपर्ने धारणा राख्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सदनकुमार महत, प्रधानाध्यापक खीमबहादुर महत, सरस्वती टीका माध्यमिक विद्यालयका प्रधानाध्यापक नन्दलाल काफ्ले, पीताम्बर पौडेल, वासुदेव पौडेल, राजु कार्की, हरिराम पौडेललगायतले यस क्षेत्रको शैक्षिक विकासमा विद्यालयले खेलेको भूमिकाबारे प्रकाश पार्नुभयो ।
Categorized in राष्ट्रिय