श्रमिक दिवसमा राष्ट्रपति भण्डारीको शुभकामना
Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख १८, आइतबार
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रम दिवसको शुभकामना व्यक्त गर्दै मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्व रहेकाले यसलाई उजागर गर्दै श्रमको सम्मान गर्ने संस्कृति निर्माणमा थप योगदान गर्नुपर्ने बताएकी छिन् ।
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले मर्यादित श्रम, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेकी छन् ।
जनताको आकांक्षाबमोजिम आर्थिक समृद्धि हासिल गर्न स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक भएको र त्यसका लागि कृषि, वन, पर्यटन र जलस्रोतमा आधारित उद्योग र सेवा क्षेत्रको विकास गर्दैै रोजगारीको खोजीमा विदेशिन बाध्य लाखौं युवा जनशक्तिका लागि समेत स्वदेशमै अवसरको सिर्जना गर्नुपर्ने शुभकामना मन्तव्यमा उल्लेख छ ।
Categorized in राष्ट्रिय


