STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

श्रमिक बालबालिका दुव्र्यवहार भोग्न बाध्य

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २८, बिहिबार

श्रमिक बालबालिकाले मानसिक समस्या र धेरै किसिमका दुव्र्यवहार भोग्नुपरेको एक अध्ययनले देखाएको छ । उद्धार गरी संस्थामा रहेका १०३ बालबालिकामा गरिएको अध्ययनले सबैले आफ्नो जीवनकालमा कुनै न कुनै किसिमका दुव्र्यवहार भोगिरहेका नतिजा सार्वजानिक भएको हो । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय मनोविज्ञान विभाग र बेलायतको किग्स कलेजले संयुक्तरुपमा गरेको अध्ययनमा शारीरिक, यौन, भावनात्मक र बेवास्तालगायतमा दुव्र्यवहार भोगेका जनाइएको छ । ती दुई विश्वविद्यालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा सार्वजानिक गरिएको अध्ययनमा ६२ प्रतिशत बालबालिकाले ती दुव्र्यवहार र मानसिक समस्याबाट पीडित भएको उल्लेख गरिएको छ । ती बालबालिकामध्ये ३८ बालक र ६५ बालिका रहेका थिए । उद्धार गरी विभिन्न आठ संस्थामा रहेका १२ देखि १८ उमेर समूहका ती बालबालिकामा सो अध्ययन गरिएको थियो । संवेगात्मक स्वास्थ्यलाई पनि स्वास्थ्यको अभिन्न पाटोका रुपमा लिइन्छ । तर यस क्षेत्रलाई सरकारले ध्यान दिएको देखिँदैन । ‘डिप्रेशन’, ‘एन्जाइटी’ ‘रपोस्टट्रमाटिक स्ट्रेस डिसअर्डर’ संवेगात्मक स्वास्थ्यसितसम्बन्धी मानसिक रोग हुन् । “हामीले यी बालबालिकालाई छनौट गर्नुको मुख्य कारण ती बालबालिकाको जीवनकालमा धेरै किसिमका दुव्र्यवहार भोगेका हुन्छन्, तर मानसिक स्वास्थ्यका अवस्थाका बारेमा खासै जानकारी रहेको छैन”, किग्स कलेजका प्राध्यापक एवं अनुसन्धानका टोली नेता जानिफिर एफ लुले भन्नुभयो । कलिलो उमेरमा मानसिक स्वास्थ्य समस्या र दुव्र्यवहारले समग्र जीवनमा असर पर्दछ । “मानसिक रोग र दुव्र्यवहारलाई जति चाँडै पहिचान गर्न सकियो र उपचार भयो भने बालबालिकाको समग्र जीवनमा सकारात्मक नतिजा ल्याउँछ”, त्रिभुवन विश्वविद्यालय, मनोविज्ञान विभागका प्राध्यापक सन्देश ढकालले भन्नुभयो । मानसिक समस्या र दुव्र्यवहार भोगेका बालबालिकालाई विशेष तालीम सञ्चालन गरी कसरी अब्बल बनाउन सकिन्छ भन्ने ध्येयले अनुसन्धान गरिएको अनुसन्धान कार्यमा संलग्न त्रिचन्द्र कलेजका मनोविज्ञान विभागका प्रुमुख प्रा डा नारायणप्रसाद शर्माले भन्नुभयो । यस किसिमको अनुसन्धान नेपालसहित बेलायत र भारतमा पनि एकसाथ गरिएको थियो ।
Categorized in राष्ट्रिय