relans
ni new 83
nib 2082 5

श्रीलंकाका राष्ट्रपति राजापाक्षले दिए राजीनामा

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ ३१, शुक्रबार

एजेन्सी - श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षले पदबाट राजीनामा दिएका छन्।

देशमा प्रदर्शन चर्काउँदै आन्दोलनकारी जनताहरु राष्ट्रपति भवन छिरेपछि देश छोडेका राजापाक्ष माल्दिभ्स हुँदै बिहीबार सिंगापुर पुगेका छन्।  

देश छोड्दा उनले राष्ट्रपतिको जिम्मेवारी प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई दिएका थिए।

बिहीबार साँझ सिंगापुर पुगेका राष्ट्रपति राजापाक्षले इमेलमार्फत श्रीलंकाली संसदका सभामुख महिन्दा यापा अबेवार्डेनालाई राजीनामा पत्र पठाएको बीबीसीले जनाएको छ। यद्यपि सभामुख अबेवार्डेनाले राजीनामा पत्रबारे औपचारिक घोषणा गरेका छैनन्।

श्रीलंकामा आगामी जुलाई २० मा संसदबाट नयाँ राष्ट्रपति चयन गरिने तयारी छ। त्यति बेलासम्म विक्रमासिङ्घे कार्यवाहक राष्ट्रपति कायम रहनेछन्।  

राष्ट्रपति राजापाक्षले राजीनामा दिएसँगै कोलम्बोमा प्रदर्शनकारीले खुसियाली मनाएका छन्।

Categorized in अन्तर्राष्ट्रिय
ppp 2