STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

श्री शान्तिले मनाए, सत्यमोहनको जन्म शताब्दी

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ३१, मंगलबार

वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शताब्दी अवसरमा श्री शान्ति माविले जिल्ला व्यापी सत्यमोहन जोशी रनिङशील हाजिर जवाफ प्रतियोगिता आयोजना गरेको छ । जोशीको जन्म शताब्दी विभिन्न कार्यक्रम गरेर मनाउन क्रममा सो प्रतियोगिताको आयोजना गरिएको विद्यालयले जनाएको छ । जोशी सोही विद्यालयका संस्थापक मध्ये एक हुनुहुन्छ । जोशीको अगुवाईमा २००७ सालमा सो विद्यालय स्थापना भएको थियो । ललितपुर महानगरपालिका– ८ लोहल स्थिति विद्यालय परिसरमा आयोजना गरिएको सो प्रतियोगितामा पदमप्रकाश मावि प्रथम, रुद्रायणी मा। वि द्वितीय, प्रभात मा। वि तृतीय र आदर्श कन्या मा। वि सान्त्वना भएका छन् । सो प्रतियोगितामा ललितपुरका १७ सार्वजनिक विद्यालय सहभागी भएको थियो । उत्कृष्ट चार स्थान ओगट्ने र सहभागी विद्यालयहरुलाई एक समारोहकाबीच वरिष्ठ संस्कृतिविद् जोशीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । समारोहमा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले २००७ सालको राजनीतिक क्रान्तिपछि शिक्षाको विस्तार गर्न विद्यालय स्थापना गरिएको बताउँदै विद्यालय पढेर धेरै मानिस शिक्षित भएकोमा गौरवको महसुश भएको बताउनुभयो । उहाँले थुप्रै मान पदवी पाएकोमा भन्दा पनि आम मानिसहरु शिक्षित बनाउन थोरबहुत योगदान पु¥याउन सकिएकोमा आफूलाई बाँच्नुको गौरवको महसुुस भएको बताउनुभयो । वरिष्ठ संस्कृतिविद् जोशीले किसान समुदायको बाहुल्य रहेको सो स्थानमा शिक्षित बनाउने उद्देश्यले विधालय स्थापना गरिएको स्मरण गर्नुभयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले सिंगो राष्ट्रको जीवनमा संस्कृतिविद् जोशी एक महत्वपूर्ण व्यक्तित्व रहनुभएको चर्र्चा गर्दै जोशी स्वयंले स्थापना गर्नुभएको विद्यालयमा आउन पाउँदा आफूलाई धेरै खुशी लागेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पाण्डेले स्थानीय जनताको भावना बुझेर सरकारी प्रशासनलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । समारोहमा महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि सबैसंग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजरमान जोशीको सभापतित्वमा सम्पन्न सो समारोहमा नगर शिक्षा अधिकारी महेन्द्र क्षेत्री र प्रधानाध्यापक हरिदेव यादवले सार्वजनिक विद्यालयको गुणस्तरीयता बढाउन गर्र्नुपर्ने कार्यको सम्बन्धमा केन्द्रीत गर्दै आ–आफ्नो भनाई राख्नुभयो । मन्तब्य प्रमुख जिल्ला अधिकारी, नगर शिक्षा अधिकारी महेन्द्र क्षेत्री र स्वागत प्रधानाध्यापक हरिदेव यादव, सभापति वि ब्य अध्यक्ष एवं समारोह मूल समिति संयोजक अजर मान जोशी रहेका थिए ।
Categorized in राष्ट्रिय