STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

संक्रमितको मृत्युपछि भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ १४, शुक्रबार

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । कोरोना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले स्वास्थ्यकर्मी र चिकित्सकमाथि कुटपिट गरेका हुन् ।

मृतकका आफन्तले लखेटेपछि ज्यान जोगाउन तीन जना नर्सले अस्पतालको दुई तलमाथिबाट हाम फालेका छन् ।

मृतकका आफन्तले भेन्टिलेटरसमेत तोडफोड गरेको उनले बताए । 

बिरामी कुरुवाको आक्रमणमा परी चार जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएको अस्पतालले जनाएको छ ।

४ जेठदेखि भेरी अस्पतालमा उपचाररत दाङका डिल्लीबहादुर रावतको उपचारका क्रममा राति ८ बजेतिर मृत्यु भएपछि उनका आफन्त कुरुवासमेत रहेका मानबहादुर रावतसहितको समूहले स्वास्थ्यकर्मीमाथि हातपात गरेको, चिकित्सकलाई आक्रमण गरेको र आईसीयू कक्ष तोडफोड गरेको अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

घटनालगत्तै प्रहरीले मानबहदुरसहित तीन जनालाई पक्राउ गरेको छ भने अन्यको खोजी गरिरहेको उनको भनाइ छ ।

Categorized in अपराध-दुर्घटना