relans
ni new 83
nib 2082 5

संगीतज्ञ प्रकाश गुरुङलाई बिन्ध्यबासिनी म्युजिक अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्ड

Janjati Khabar – विजयरत्न असंबरे | २०८० बैशाख २४, आइतबार

नेपाली गीत संगीतको क्षेत्रमा बहु चर्चित एवं बहु प्रतिक्षित र  महत्वपूर्ण मानिँदै आएको विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ शुक्रवार राती राजधानीमा भव्यताका साथ सम्पन्न भएको छ।

गत वर्ष अर्थात् २०७९ मा बजारमा आएका गीत संगीतका विभिन्न विधाका लागि विन्ध्यवासिनी फाउण्डेशनद्धारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित तेह्रौं रमपम बिन्ध्यवासिनी म्यूजिक  अवार्ड प्रदान गरिएको अवार्ड समारोहमा गीत संगीतमा अमूल्य योगदान पुर्याएवापत संगीतकार तथा संगीत प्रशिक्षक प्रकाश गुरुङलाई नगद एक लाख रुपियाँसहित  बिन्ध्यबासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड २०७९ बाट सम्मानित गरिएको छ।  

त्यसै गरी नगद ५० हजार रुपियाँसहित गायिका  सुकमित गुरूङलाई विन्ध्यबासिनी संगीत साधना सम्मान २०७९ बाट सम्मानित गरिएको छ भने लोकगायक झलकमान गन्धर्वको नाममा यसै वर्ष स्थापित झलकमान लोक सङ्गीत सम्मान २०७९ बाट नगद २५ हजार रुपियाँसहित बद्री पङ्गेनीलाई सम्मान गरिएको छ। 

समारोहमा लोकगायक पंगेनीले आफुलाई शब्द रुप सम्मान र माया काफी हुने भन्दै सम्मानवापत प्राप्त २५ हजार रुपियाँ विन्ध्यवासिनी फाउन्डेसनलाई हस्तानतरण गरेका थिए। मुक्तिनाथ बिकास बैंक लिमिटेडको प्रस्तुतिमा सम्पन्न सो समारोहमा ख्यातिप्राप्त गायक स्व. प्रेमध्वज प्रधानको नाममा स्थापित प्रेमध्वज सङ्गीत रत्न सम्मान २०७९ बाट गायक तथा संगीतकार भबिन ढुङ्गाना र यस वर्षको विन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७९ नगद २५ हजार रुपियाँसहित नरेश भट्टराईलाई प्रदान गरिएको छ।

बिभिन्न २१ बिधामा अवार्ड प्रदान गरिएको समारोहमा गिती संग्रह नजर ३ को बिमोचन गरिएको थियो भने नजर २ गिती संग्रहको सम्पुर्ण आम्दानी झुम्लावाङ्ग भिलेज फाउण्डेसनलाई हस्तान्तरण गरिएको थियो। विन्ध्यवासिनी फाउन्डेसनले यसअघि नजर गिती संग्रहबाट सङ्कलित सम्पुर्ण आम्दानी आठ लाख १८ हजार दुई सय ५० रुपियाँ दुई किस्ता गरी सोहि संस्थालाई हस्तान्तरण गरीसकेको कुरा फाउन्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मीले जानकारी गराइन्। समारोहमा सुमनकुमार श्रेष्ठ र अस्मिता परियारले गीत गाएर तथा शंकर बिसी र काजिश श्रेष्ठले  समूहका साथ एवं लोमश शर्मा र रुविना अधिकारीले युगल नृत्य प्रस्तुत गरी कार्यक्रमलाई मनोरञ्जक बनाएका थिए।

 सो समारोहमा विभिन्न २१ विधामा प्रतिस्पर्धात्मक अवार्ड प्रदान गरिएको थियो भने संगीत कला क्षेत्रमा विभिन्न रुपमा योगदान पुर्याएका हरुलाई पनि सम्मानित गरिएको थियो । जस अनुसार कौशिला खनाल कमाचार्यलाई बिन्ध्यवासिनी अन्तर्राष्ट्रिय साधक पुरस्कार,    दिपेन्द्र तिमल्सीनालाई पब्लीक च्वाईस अवार्ड, प्रकाश धमलालाई पपूलर अवार्ड प्रदान गरिएको थियो भने  जूरी अवार्ड म्युजीक भिडियो डिरेक्टरतर्फ काजीश श्रेष्ठ, जूरी अवार्ड गायनतर्फ  तेजस रेग्मी,जूरी अवार्ड अभिनयतर्फ बादल धिमिरे,जूरी अवार्ड संगीततर्फ : नरहरी प्रेमी,जूरी अवार्ड गीततर्फ  कमल सरगम लाई अवार्ड प्रदान गरिएको थियो ।

Categorized in साहित्य-कला
ppp 2