STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक आह्वान

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ १०, बिहिबार

काठमाडौं - सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक आह्वान गरिएको छ । 

आज (बिहीबार) दिउँसो ३ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बस्न लागेको हो ।

सत्ता पक्ष र प्रतिपक्ष दलका प्रतिनिधिहरुबीच कार्यादेशमा सहमति नजुट्दा अघिल्ला बैठक निष्कर्षविहीन हुँदै आएका छन् । 

मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तापक्षलाई कार्यादेशको मस्यौदा ल्याउन भनेको थियो ।

मंगलबारको बैठकपछि कार्यदलका संयोजक एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले कांग्रेस लचक बनेको भन्दै आगामी बैठकमा सहमति जुट्ने विश्वास व्यक्त गरेका थिए । त्यसैले आजको बैठकलाई चासोका साथ हेरिएको छ ।

कार्यदलमा सत्तापक्षी नेकपा (एमाले)बाट पदम गिरी र महेश बर्तौला, प्रतिपक्षी नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपा नेता शिशिर खनाल छन् । 

नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी उनी मुछिएको सहकारी संस्थामा पनि संसदीय समितिले छानबिन गर्नुपर्ने अडान राख्दै आएको छ भने एमाले र रास्वपा त्यो कुरामा सहमत भएनन् । गत आइतबार पनि यही विषयमा विवाद हुँदा कार्यदलको बैठक निष्कर्षविहीन भएको थियो ।

Categorized in राजनीति