STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने निर्णय

Janjati Khabar – Janjati Khabar | २०८१ माघ ७, सोमबार

काठमाडौँ -  सरकारले संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने निर्णय गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।

माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसद बैठक बोलाउन राष्ट्रपति पौडेललाई सिफारिस गर्ने निर्णय भएको जनाइएको छ ।

विपक्षी दललले सरकारले संसद अधिवेशन बोलाउन ढिला गरेर अध्यादेशमार्फत सरकार सञ्चालन गर्न लागेको भन्दै सरकारको आलोचना गर्दै आएका छन् ।

Categorized in राजनीति