STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

संसद् भवनमा विपक्षी गठबन्धनको बैठक सुरू

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ८, शनिबार

मन्त्रिपरिषदको सिफारिसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरिदिएपछि राजनीतिक सरगर्मी बढेको छ ।

राष्ट्रपतिले मध्यरातमा उठाएको कदमका सम्बन्धमा समान धारणा बनाउनका लागि विपक्षी गठबन्धन छलफलमा जुटेका छन् ।

नयाँ बानेश्वरको संसद भवनस्थित लोत्से हलमा विपक्षी गठबन्धनको छलफल सुरू भएको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको सहभागिता रहेको छ ।

Categorized in राजनीति