relans
ni new 83
nib 2082 5

संसद भवनअगाडि एक पुरुषद्वारा आत्मदाह प्रयास

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र २४, शुक्रबार

काठमाडौं - काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि फेरि एक जना पुरुषले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन् ।

शुक्रबार संसद भवनको एक नम्बर गेट अगाडि एक जना पुरुषले आत्मदाहको प्रयास गरेका हुन् ।

तर, तत्काल उनलाई प्रहरीले बचाउन सफल भएको छ । आत्मदाहको प्रयास गर्ने युवकको परिचय खुलेको छैन । ती युवकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए।

प्रहरीले पक्राउपश्चात गरेको प्रारम्भिक अनुसन्धानमा युवकले पारिवारिक कारण आत्म दाहको प्रयास गरेको देखिएको बताइएको छ। केही महिनाअघि संसद अवनअघि प्रेम आचार्यको आत्मदाहपछि उपचारका क्रममा निधन भएको थियो ।

Categorized in अपराध-दुर्घटना
ppp 2