STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

संस्थागत सुत्केरी गाउँपालिका बनाइने

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २५, सोमबार

पूर्वी क्षेत्रमा पर्ने बोगटान फुडिसल गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाउने तयारी भएको छ । गाउँपालिकाका प्रत्येक वडामा रहेका स्वास्थ्यचौकीबाट दुर्गममा रहेका बस्तीमा पनि स्वास्थ्य एकाइ स्थापना गरेर पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाउने गरी काम भइरहेको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो । उहाँले भन्नुभयो,“हामीले वडादेखि दुर्गम गाउँसम्म स्वास्थ्य एकाइ स्थापना गर्दैछौँ, निकट भविष्यमै संस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्नेछौँ ।” संस्थागत सुत्केरी गाउँपालिका बनाउने योजनानुसार अहिले गाउँपालिकामा स्वास्थ्यलगायत अन्य काम तीव्ररुपमा अगाडि बढाइएको बताइएको छ । ‘संस्थागत सुत्केरी गाउँपालिका’ घोषणा गर्नका लागि बोगटान फुडिसल गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेको दुर्गम गाउँमा यस वर्ष तीन स्वाथ्य एकाइको शुरुआत गरेको गाउँपालिका उपाध्यक्ष भगवती बमले बताउनुभयो । दुर्गम गाउँमा स्थापित स्वास्थ्य एकाइबाट सयौंँ स्थानीयवासीले घरमै सेवा पाइरहेको उपाध्यक्ष बमको जिकिर छ । गाउँगाउँमा स्वास्थ्य एकाइ शुरुआत भएपछि अहिले सो क्षेत्रका महिला पनि सुत्केरी हुन स्वास्थ्य संस्थामा आउने गरेको स्वास्थकर्मी बताउँछन् । जिल्ला सदरमुकामका अस्पताल तथा स्वास्थ्यचौकीमा दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाबाट स्थानीयवासी वञ्चित भए पनि गाउँपालिकामा भने स्थानीयवासीले पूर्णरुपमा स्वास्थ्यसेवा पाइरहेको युवा सङ्घका नेता बमबहादुर बमले बताउनुभयो ।
Categorized in राष्ट्रिय