STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सगरमाथाको फेदीबाट उपप्रधानमन्त्रीको आह्वान ‘वातावरण संरक्षणमा जुटौँ’

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १३, सोमबार

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले  स्वच्छ वातावारण र दीर्घ जीवन चाहने संसारभरका मानिसलाई सगरमाथा हिमाल सफाइ अभियानमा जोडिन आह्वान गर्नुभएको छ ।सगरमाथा हिमाल सफाइ अभियान–२०७६ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “ वातावरण र हिमाल संरक्षणमा रुचि राख्ने विश्वभरकै मानिसका लागि यो अभियान जनचेतना जगाउने अभियानका रुपमा रहेको छ ।”
नेपालका गौरवपूर्ण इतिहास बोकेका प्राकृतिक र ऐतिहासिक गढी, चुरे पहाड, हिमाल लगायतको संरक्षण र सम्वद्र्धनमा नेपाली सेनाले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको चर्चा गर्दै उहाँले मुलुक र जनताको हितमा सेनाले निरन्तर कार्य गर्दै आएको उल्लेख गर्नुभयो ।सगरमाथा र खुम्बु क्षेत्रको विकासका लागि स्थानीय तह र प्रदेश सरकारले ल्याउने योजनाबद्ध कार्यक्रम कार्यान्वयनका लागि सरकारले पूर्ण सहयोग गर्ने बताउँदै उहाँले यस क्षेत्रको विकास र समृद्धिका लागि सबैको सकारात्मक प्रयास आवश्यक छ भन्नुभयो ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रको विकास र समृद्धिको एजेण्डा तथा ‘सुखी नेपाली समृद्ध नेपाल’को लक्ष्य कार्यान्वयनका लागि सगरमाथासँग जोडेर लैजान आवश्यक छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “सगरमाथा हाम्रो शान गौरव र परिचयका रुपमा रहेको छ ।” मुख्यमन्त्री राईले खुम्बु पासाङ गाउँपालिकालाई यस प्रदेशको पर्यटकीय गाउँका रुपमा घोषणा गरी रु ५० लाख उपलब्ध गराइने घोषणा गर्नुभयो ।नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता एवं सांसद योगेश भट्टराईले सगरमाथा खुम्बु क्षेत्रले मानव सभ्यतालाई अघि बढाउन योगदान पु¥याउँदै  आएको बताउनुभयो । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाले पर्यावरण संरक्षणलाई प्राथमिकतामा राखी सगरमाथा सफाइ अभियान सफल बनाउन जुटेको उल्लेख गर्नुभयो ।
प्रदेशसभा सदस्यद्वय शुरवीर राई र बुद्धिराज भण्डारी, खुम्बु पासाङल्हामु गाउँपालिकाका निमा दोर्जी लगायतले खुम्बु क्षेत्रको संरक्षण विश्वकै लागि महत्वपूर्ण भएकामा जोड दिनुभएको थियो ।
अभियानका क्रममा सो क्षेत्रबाट चार हजार किलोग्राम फोहर र चार जनाको शवसमेत सङ्कलन गरी काठमाडौँ पु¥याइएको थियो ।
Categorized in राष्ट्रिय